ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट « Khabarhub

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाएर निष्क्रिया रहेका प्रेम आलेलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नम्बर ५ बाट टिकट दिएको छ।

नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर २०७९ मा डोटीबाट कैलाली झरेजस्तै आले पनि झरेका हुन् । २०७९ को चुनावमा डोटीबाट चुनाव जितेका आले यसप पटक कैलाली-५ बाट उम्मेदवार बन्ने पक्का भएको छ ।

नेकपाका एक नेताका अनुसार संयोजक पुष्पकमल दाहाल प्रचण्डले आलेलाई कैलाली ५ को टिकट दिइसकेका छन् । आले आफैंले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।

२०७९ सालको चुनावमा नेपाली कांग्रेसको पनि सहयोग लिएर आले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। 

आलेले डोटीबाट संसदीय चुनावमा ह्याट्रिक जित निकालेका थिए ।  संघीय संसद्मा लगातार तेस्रो जत हासिल गर्दा आलेले २७ हजार २ सय १० मत ल्याएका थिए । त्यसबेला एमाले उम्मेदवार गौरीकुमारी वली २३ हजार ४ मतमा समेटिएकी थिइन् ।

नेकपाले फागुन २१ को चुनावका लागि कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा वीरमान चौधरी र २ मा राजेन्द्र साउदलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर १ बारे कुरा मिलिसकेको छैन ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ०८ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता