युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित « Khabarhub

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा ८१ वर्षीय मुसेभेनीले ७१।६५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । जितसँगै उनले पूर्वी अफ्रिकी देशमा ४० वर्षे शासन लम्ब्याउन सफल भएका छन् ।

उनले पूर्व गायकबाट राजनीतिज्ञ बनेका ४३ वर्षीय बबी वाइनलाई पराजित गरेका हुन् । वाइनले २४।७२ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

वाइनले राजनीतिमा प्रवेश गरेदेखि मुसेभेनीले निरन्तर दबाबको सामना गर्नुपरेको छ । उनी सन् २०२१ मा राष्ट्रपति पदको लागि पहिलो प्रतिस्पर्धा अघि धेरै गिरफ्तारीहरूको सामना गर्नुपरेको थियो ।

वाइनले ‘नक्कली परिणामहरूको पूर्ण अस्वीकार’ गर्ने बताएका छन् । निर्वाचनपछि परिवारसहित उनलाई घरमा नै नजरबन्दमा राखिएको थियो । उनी आफ्नो घरमा सुरक्षाकर्मीले छापा मारेपछि शुक्रबार राति घरबाट भाग्न सफल भएका थिए ।

“म उनीहरूको कब्जाबाट उम्कन सफल भएँ,” वाइनले शनिबार एक्समा पोस्ट गर्दै लेखेका छन् । “श्रीमती र परिवारका अन्य सदस्य नजरबन्दमा रहे पनि अहिले म घरमा छैन,” उनले भने ।

निर्वाचन परिणाम घोषणासँगै सुरक्षास्थितिलाई मध्यनजर गर्दै प्रशासनले देशको राजधानी लगायत मुख्य शहरहरूमा सुरक्षाकर्मीको व्यापक परिचालन गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ०७ बजे

गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा