चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने « Khabarhub

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन थालेको छ । उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ– १ बाट निर्वाचन लड्ने पक्का भएको छ।

वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजक समेत हुन् । शनिबार बसेको समितिको बैठकले समितिका अरू सदस्य शिशिर खनाल र सोविता गौतमले निर्वाचन लड्ने क्षेत्रसमेत तय गरेको छ।

खनाल यसअघि निर्वाचित भएको काठमाडौं– ६ बाट चुनाव लड्नेछन् । गौतम काठमाडौं २ छाडेर चितवन–३ झर्ने भएकी छिन् । उनी २०७९ को चुनावमा काठमाडौं–२ बाट विजयी भएकी थिइन् ।

काठमाडौं २ लाई रास्वपा नेता बालेन्द्र साहले आफ्नो लागि विकल्पमा राखेका छन् । उनी झापा ५ मा गएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लड्नेबारे पनि छलफलमा छन्। तर अझै निर्णय भएको छैन ।

चितवन–३ मा नेकपाबाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल उठ्ने तयारी छ । रेनु उठेमा दुई चर्चित नेतृको कडा भिडन्त हुने देखिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : २५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको