नेकपाको दाबी : रिपोर्ट हेर्दा निर्वाचनबाट हामी पहिलो दल बन्ने प्रष्ट छ « Khabarhub

नेकपाको दाबी : रिपोर्ट हेर्दा निर्वाचनबाट हामी पहिलो दल बन्ने प्रष्ट छ


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चितका लागि जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न सबै पक्षलाई आह्वान गरेको छ ।  

नेकपा निर्वाचन परिचालन समितिले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न, र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न आह्वान गरेको हो । 

सबै पक्षको सामूहिक प्रयासबाट देश निर्वाचनको निर्णायक चरणमा पुगेको भन्दै नेकपाले आफ्नो पार्टीमाथिको विश्वास र भरोसा बढिरहेको दाबी गरेको छ । देशलाई इमानदारिताका साथ सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति नेकपा मात्रै भएको नेकपा निर्वाचन परिचालन समितिका संयोजक अग्नीप्रसाद सापकोटाले बताए ।

त्यस्तै नेकपाले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने विभिन्न प्रकारका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै केही सीमित सञ्चारमाध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेको जनाएको छ । 

नेकपा निर्वाचन परिचालन समितिका संयोजक सापकोटाले निर्वाचन बिथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय रहेकाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सापकोटाले पछिल्लो रिपोर्ट हेर्दा आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने स्पष्ट भएको उल्लेख गरे । नेकपाले सबै राजनीतिक दलहरूको विगत र वर्तमानको भूमिका, विचारधारा, एजेन्डा र आगामी रोडम्यापको गहिरो मूल्याङ्कन गर्न, विवेकपूर्ण निर्णय गर्न, र इतिहासका उपलब्धिहरूको रक्षा गर्दै परिवर्तन, स्थायित्व तथा समृद्धिको पक्षमा उभिन आग्रह समेत गरेको छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : ४१ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व