हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण « Khabarhub

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

प्रतिनिधिसभा निर्वाचन मतदाता शिक्षा एवम् निर्वाचन प्रचार प्रसारका लागि आयोगले मंगलबार काठमाडौंमा गरेको छलफलमा भण्डारीले निर्वाचन आचारसंहिता विपरीत मतदाताको स्वतन्त्र निर्णयलाई दिगभ्रमित तुल्याउनेगरि मतदान हुनुअघि नै हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

अनुमानमा भरमा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खल्ल पुर्‍याउने काम भएकाले यस्तो नगर्न उनले अनुरोध समेत गरे ।

उनले प्रविधिको तीव्र विकाससँगै आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सिर्जना गरिएका दिगभ्रमित पार्ने स–सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन समेत आग्रह गरे  ।

प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धरासि बनाउन सक्ने जोखिम हुने भण्डारीले बताए ।

उनले निर्वाचनको वातावरण बिग्रने गरी अनुमानित सर्वेक्षण नतिजा सम्प्रेषण नगरी संयम अपनाई चौथो अंगको जिम्मेवारी वहन गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

प्रेस स्वतन्त्रताको उपभोग गरिरहँदा निर्वाचनको मर्यादा र मतदाताको गोप्य मत दिन पाउने अधिकारको रक्षा गर्नु सबैको साझा संवैधानिक कर्तव्य भएको उनले बताए । उनले फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल पार्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको धारणा राखे  । 

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ४४ बजे

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।