धनकुटामा हावाहुरीले सरकारी कार्यालय र घरमा क्षति « Khabarhub

धनकुटामा हावाहुरीले सरकारी कार्यालय र घरमा क्षति


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार रातीको हावाहुरीका कारण धनकुटामा सरकारी निकायका साथै निजी घरमा क्षति पुगेको छ । 

हावाहुरीका कारण लोकसेवा आयोग, आयुर्वेद कार्यालय, संग्राहलय लगायतका कार्यालयहरूमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षति पुगेको उनले बताए ।

धनकुटा नगरपालिकाको मदन चोक, बिहीबारे हटिया, माथिल्लो कोप्चे, बालमन्दीर, भिमनारायण चोक, विचबजारमा रहेका घरमा क्षति पुगेको छ । 

त्यस्तै निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा समेत क्षति पुगेको छ ।  हावाहुरीका कारण घरका छाना उडाएको, बिजुलीको पोल लडेका छन् सदरमुकाम बाहिर पनि हावाहुरी आएकाले क्षति भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताए  । 

हावाहुरीको क्षति संकलन कार्य भइरहेको उनले जानकारी दिए । त्यस्तै रुख ढलेर कोशी राजमार्गको धनकुटा हिले खण्डको अवरुद्ध हटाइएको छ । हावाहुरीका कारण धनकुटा सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युतका पोल भाँचिनुका साथै रुख ढल्दा तार चुँडिँदा विद्युत् आपूर्ति प्रभावित भएको हो । धरान–धनकुटा ३३ केभी तथा वसन्तपुर ३३ केभी लाइनका विभिन्न स्थानमा क्षति पुगेपछि विद्युत् सेवा सुचारु गर्न नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्राविधिक टोलीहरू मर्मत कार्यमा खटिएका छन् । 

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : ५० बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।