इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको « Khabarhub

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीले काठमाडौंमा खरदारीसहित प्रदर्शन गरेको छ । 

इनिशा बिकको न्यायालयका लागि भन्दै संयुक्त नागरिक पार्टी विद्यार्थी तथा महिला विभागले मंगलबार माइतीघरमा खबरदारीसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले इनिशाको हत्यारालाई कारबाही गर, बलात्कारको अन्त्य गर, सुरक्षित समाज निर्माण गर, बलात्कारीलाई फाँसीको सजाय हुने कानून बना लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन नरोकिने जनाएका छन् ।  सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।

पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  २ : २४ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक