एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन « Khabarhub

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ ।

विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए-नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए-नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भए-नभएको बारेमा अनुगमन गर्दै आएको छ ।

पछिल्ला दिनमा विभागले ठूलो सङ्ख्यामा व्यावसायिक फर्महरूमाथि अनुगमन गर्दै आएको छ । सोही क्रममा बिहीबारमात्रै काठमाडौँको खिचापोखरी क्षेत्रका ५३ वटा फर्ममा अनुगमन निरीक्षण गरेको हो ।

विभागले अनुगमन गरेका सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको स्पष्ट पारेको छ ।
 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ८ : २९ बजे

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर