आमाको अकालमृत्यु रोक्न कार्यक्रम निरन्तरता दिन पौडेलको सुझाव « Khabarhub

आमाको अकालमृत्यु रोक्न कार्यक्रम निरन्तरता दिन पौडेलको सुझाव


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भइरहेको महिला तथा आमाहरूको अकालमृत्यु रोक्न आफूले सुरु गरेको कार्यक्रमलाई परिस्कृत रूपमा निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।

मातातीर्थ औँसीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले समयमै परीक्षण नहुँदा धेरै महिलाले ज्यान गुमाउनुपरेको अवस्था अन्त्य गर्न निःशुल्क क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रम सुरु गरिएको स्मरण गरे।

उनले आफ्नो कार्यकालमा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान र स्क्रिनिङ सेवालाई राष्ट्रिय कार्यक्रममा समावेश गरिएको उल्लेख गरे। ती अभियानको मुख्य उद्देश्य क्यान्सरका कारण बढ्दो महिला मृत्यु दर घटाउनु रहेको उनले बताएका छन्।

पौडेलले वर्तमान सरकारले उक्त कार्यक्रमलाई अझ प्रभावकारी र परिस्कृत बनाउँदै निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्।

‘स्वस्थ महिलाबाट स्वस्थ परिवार र समुन्नत राष्ट्र निर्माण सम्भव हुन्छ,’ उनले सन्देशमा उल्लेख गर्दै यस अभियानलाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १२ : ३४ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य