लेखा समिति सभापति खड्काको प्रतिबद्धता : आर्थिक अनुशासनमा कडाइ, ढिलासुस्ती अन्त्य गर्ने « Khabarhub

लेखा समिति सभापति खड्काको प्रतिबद्धता : आर्थिक अनुशासनमा कडाइ, ढिलासुस्ती अन्त्य गर्ने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक लेखा समितिका सभापति भरत खड्काले जिम्मेवारी सम्हाल्दै आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्न कडाइका साथ अघि बढ्ने बताएका छन्।

समिति सभापति निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका विसंगति दोहोरिन नदिने र संघदेखि स्थानीय तहसम्म आर्थिक अनुशासन लागू गरिने बताए। 

‘विगतका केही विसंगतिहरू पनि छन्, अब ती दोहोरिनेवाला पनि छैनन्। अहिलेको मुलुकको माग भनेको आर्थिक अनुशासन र वित्तीय सुशासन हो। यो कायम नगरी मुलुक अगाडि बढ्दैन, सुशासनको अनुभूति पनि हुँदैन’ उनले भने ।

विभिन्न निकायको नाममा काममा हुने ढिलासुस्ती अब सह्य नहुने उल्लेख गर्दै उनले सबै निकायलाई कानुनभित्र बसेर समयमै काम गर्न निर्देशन दिए।

खड्काले बहानाबाजी अन्त्य गर्दै जनतालाई प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिँदै यसलाई आफ्नो लागि चुनौती र अवसर दुवै भएको बताए।

 सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए ।
 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : १३ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र