लेखा समिति सभापति खड्काको प्रतिबद्धता : आर्थिक अनुशासनमा कडाइ, ढिलासुस्ती अन्त्य गर्ने « Khabarhub

लेखा समिति सभापति खड्काको प्रतिबद्धता : आर्थिक अनुशासनमा कडाइ, ढिलासुस्ती अन्त्य गर्ने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक लेखा समितिका सभापति भरत खड्काले जिम्मेवारी सम्हाल्दै आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्न कडाइका साथ अघि बढ्ने बताएका छन्।

समिति सभापति निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका विसंगति दोहोरिन नदिने र संघदेखि स्थानीय तहसम्म आर्थिक अनुशासन लागू गरिने बताए। 

‘विगतका केही विसंगतिहरू पनि छन्, अब ती दोहोरिनेवाला पनि छैनन्। अहिलेको मुलुकको माग भनेको आर्थिक अनुशासन र वित्तीय सुशासन हो। यो कायम नगरी मुलुक अगाडि बढ्दैन, सुशासनको अनुभूति पनि हुँदैन’ उनले भने ।

विभिन्न निकायको नाममा काममा हुने ढिलासुस्ती अब सह्य नहुने उल्लेख गर्दै उनले सबै निकायलाई कानुनभित्र बसेर समयमै काम गर्न निर्देशन दिए।

खड्काले बहानाबाजी अन्त्य गर्दै जनतालाई प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिँदै यसलाई आफ्नो लागि चुनौती र अवसर दुवै भएको बताए।

 सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए ।
 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : १३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय