बुटवल–नारायणगढ सडक : पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण « Khabarhub

बुटवल–नारायणगढ सडक : पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल सञ्चालनमा आएको छ । 

निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए। विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको करिब २४५ मिटर लम्बाइको विनयी खोला पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको उनले बताए। 

यसअघि सोही स्थानमा रहेको फलामे पुल करिब दुई वर्षअघि भत्किएपछि अस्थायी डाइभर्सन सडकमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । वर्षा याममा बाढीका कारण डाइभर्सन प्रयोग गर्दा पटकपटक आवागमन अवरुद्ध हुने समस्या देखिँदै आएको थियो । योसँगै नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका सबै पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भएको इञ्जिनियर खनालले बताए। 

‘आयोजनाअन्तर्गत पूर्वी खण्डमा १२ ठूला र २२ साना पुल निर्माण सम्पन्न भएका छन्’, उनले भने, ‘पूर्वी खण्डमा निर्माण गर्नुपर्ने २११ कल्भर्टसमेत पूर्ण रूपमा सम्पन्न भइसकेका छन् ।’

बुटवल–नारायण सडक खण्डको गैँडाकोटदेखि दुम्कीबाससम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने खण्डको मात्र काम बाँकी रहेको छ भने अन्य क्षेत्रको काम अन्तिम चरणमा पुगेको इञ्जिनियर खनालले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डमा अहिलेसम्म ८१ प्रतिशत भौतिक प्रगति भएको छ । 
 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : ४७ बजे

अस्पतालमा पनि सातामा दुई दिन बिदा, आकस्मिक सेवा भने नरोकिने

काठमाडौं– सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै

एमाले–नेकपा एकता : आलोचनात्मक चेत राख्ने नेकपा नेताहरूको असहमति

काठमाडौं– पछिल्लो समय नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

पर्यटकलाई आकर्षित गर्दै बराहताल

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म

लहानमा सडक विस्तारले गति लिँदै

सिरहा- सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको

सामाजिक सञ्जालमा बिरामीको गोपनीयता नखुलाउन मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमए) ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक