सोमबारदेखि सेयर कारोबारमा ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक, ८ प्रतिशतमा कारोबार बन्द हुने « Khabarhub

सोमबारदेखि सेयर कारोबारमा ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक, ८ प्रतिशतमा कारोबार बन्द हुने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारका नियमहरूमा महत्त्वपूर्ण परिमार्जन गर्दै ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ जारी गरेको छ । नेप्से सञ्चालक समितिको यही वैशाख ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार यो संशोधित विनियमावली यही ७ गतेदेखि लागू हुनेछ ।

परिमार्जित विनियमावलीले सेयर बजारको सर्किट ब्रेकर, मूल्य प्रविष्टि सीमा र कारोबार समय बाहेकका आदेश व्यवस्थापनमा नयाँ नियमहरू लागू गरेको छ । संशोधित विनियमावली अनुसार नेप्से परिसूचकमा लाग्ने सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको छ । निरन्तर कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि कारोबारमा सर्किट ब्रेकर लगाइनेछ ।

यसअघि नेप्सेमा कारोबार भएको एक घण्टाभित्र नेप्से ३ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि कारोबार रोकिने गरेको थियो भने निरन्तर कारोबार सुरु भएको २ घण्टाभित्र नेप्से ४ प्रतिशतले बढी वा घटी भएमा ३० मिनेटका लागि कारोबार रोकिने व्यवस्था थियो ।

साथै, कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से ५ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द हुने व्यवस्था थियो । अब भने कारोबार चलिरहेको कुनै पनि समयमा नेप्से परिसूचक ८ प्रतिशतले घटी वा बढी भएमा सो दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । कुनै पनि संगठित संस्थाको सेयर मूल्य सो दिन प्रारम्भिक कारोबार सत्रमा कायम भएको मूल्यको १५ प्रतिशत भन्दा घटी वा बढी हुने गरी कारोबार गर्न पाइने नपाइने उल्लेख छ । यसअघि यस्तो कारोबार १० प्रतिशत बढी वा घटी हुनेगरी कारोबार गर्न नपाइने व्यवस्था थियो ।

प्रारम्भिक कारोबार सत्र (प्रि ओपन) मा मूल्य प्रविष्टि गर्दा अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको ५ प्रतिशत घटी वा बढीको सीमाभित्र रहेर मात्र गर्नुपर्नेछ । साथै, नियमित सेसनमा कारोबार प्रविष्टि गर्दा प्रारम्भिक सत्रमा कायम भएको मूल्यको ३ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ ।

लगानीकर्ताले नेप्सेले तोकेको कारोबार समय अघि वा पछि ब्रोकरको (कारोबार सदस्य) प्रणालीमा कारोबारका लागि आदेश दिएमा ब्रोकरले त्यस्ता आदेशलाई समयको प्राथमिकता क्रममा राख्नुपर्ने नियमावलीमा उल्लेख छ । कारोबार समय सुरु हुनासाथ ब्रोकरले ती आदेशहरू नेप्सेको प्रणालीमा क्रमशः प्रविष्टि गर्नुपर्नेछ । यसरी आदेश प्रविष्टि गर्दा अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत भन्दा घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्न पाइनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ६ : ०८ बजे

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका