आचारसंहिता विपरीत टिकटक बनाएपछि डाक्टर सुधीर साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण « Khabarhub

आचारसंहिता विपरीत टिकटक बनाएपछि डाक्टर सुधीर साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण सोधेको छ । काउन्सिलले शुक्रबार जारी पत्रमार्फत सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएका भिडियो सामग्रीका कारण आचारसंहिता उल्लंघन भएको भन्दै लिखित जवाफ माग गरेको हो ।

काउन्सिलका अनुसार अप्रिल २०२५ देखि अप्रिल २०२६ सम्म अपलोड गरिएका सामग्रीहरूको अनुगमन तथा अध्ययन गर्दा काउन्सिलको आचारसंहिता उल्लंघन भएको पाइएको छ।

पत्रमा उल्लेख भएअनुसार सम्बन्धित आचारसंहिताका बुँदाअनुसार डा. साहले पेशागत मर्यादा र आचरण विपरीत गतिविधि गरेको ठहर गरिएको छ । सोही आधारमा पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

निर्धारित समयभित्र स्पष्टीकरण पेश नगरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने काउन्सिलले जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ०४ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी