मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली « Khabarhub

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा आफूहरूले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई गुमाएको स्मरण गरेका छन् ।

मदन–आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले समय बित्दै गए पनि उनीहरूको अभाव झन् बढी खड्किरहेको उल्लेख गरेका छन् । मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको स्मरण गर्दै ओलीले मदन भण्डारीकै नेतृत्वमा नेपाली राजनीतिले ‘जनताको बहुदलीय जनवाद’ (जबज) जस्तो बलियो र मौलिक विचार पाएको बताएका छन् ।

उनले भनेका छन्– ‘घाउहरु पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्। जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो। मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो।’

ओलीले भण्डारीको यही वैचारिक जगमा टेकेर अहिले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य अघि बढाएको स्पष्ट पारे । 

उनले ‘जबज’ क्षणिक लोकप्रियताका लागि नभएर देशको वास्तविक धरातल बुझेर बनेको विचार हो भने । मदन भण्डारीलाई सम्झँदा एउटा सच्चा सहयोद्धा गुमाएको पीडा हुने भन्दै उनले उनीहरूको विचारले सधैँ जनताको पक्षमा उभिन प्रेरणा दिइरहने बताए ।

जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको ओलीको भनाइ छ।

सोही क्रममा उनले मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभइ एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति भएको बताए ।

उनले भने, ‘जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ। प्रिय मदन–आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान !’

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ९ : ३७ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको