एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु « Khabarhub

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका विभिन्न १ हजार १७३ वटा विपद्का घटनामा परी ५९ जनाको मृत्यु भएको छ ।
 
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा विपद्का कारण २७८ जना घाइते भएका छन् भने १ हजार ४८० परिवार प्रभावित भएका छन् । 

यो एक महिनाको अवधिमा सबैभन्दा बढी मानवीय क्षति चट्याङ र लेक लाग्ने समस्याका कारण भएको छ । १२६ वटा चट्याङका घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । चट्याङबाट १४६ परिवार प्रभावित बनेका छन् । 

त्यसैगरी, २१ वटा लेक लाग्ने घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते र २१ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै घटना आगलागीका भएका छन् । मुलुकभर ४१८ पटक भएका आगलागीका घटनामा परी १० जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

आगलागीबाट ४८६ परिवार प्रभावित भएका प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै हावाहुरीका कारण ९ जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन् । हावाहुरीबाट सबैभन्दा बढी ५९३ परिवार प्रभावित भएका छन् । वन डढेलो र जंगली जनावरको आक्रमण पनि यो अवधिमा घातक देखिएका छन् । 

४८ वटा जनावर आक्रमणका घटनामा ५ जनाको मृत्यु र २७ जना घाइते भएका छन् । १३७ ठाउँमा लागेको वन डढेलोका कारण १ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।

यसबाहेक सर्पदंशबाट ३, डुङ्गा पल्टिँदा २, पहिरोबाट २, बाढीबाट १ र हिउँ पहिरोमा परी १ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । 

भारी वर्षाका ३१ र असिनापानीका ४ वटा घटना दर्ता भए पनि यसबाट मानवीय क्षति भने भएको छैन ।
 

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १२ : ०४ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण