जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट « Khabarhub

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको छ । पुरानो र नयाँ गरी कुल पाँच हजार ६५१ मुद्दा अदालतमा रहेको थियो । 

उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार फर्छ्यौट भएका मुद्दामध्ये अघिल्लो वर्षबाट सरी आएका दुई हजार २६७ र नयाँ दर्ता भएका तीन हजार ३८४ सहित कुल पाँच हजार ६५१ मुद्दा अदालतमा रहेको छ । उनका अनुसार दुई  हजार ५३६ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।

अदालत सम्बन्धमा जानकारी दिँदै सो अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतको कार्यप्रगति, मुद्दा फर्छ्यौटको अवस्थाबारे जानकारी दिए। विवरणअनुसार जिम्मेवारी सरी आएका मुद्दामध्ये एक हजार ७२४ मुद्दा फर्छ्यौट गरी ५४३ मुद्दा बाँकी रहेका छन् । 

यसैगरी, चालु वर्षमा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ३९१ मुद्दा फर्छ्यौट हुँदा एक हजार ९९३ मुद्दा अझै बाँकी छन् । अदालतको कुल मुद्दा फर्छ्यौट प्रतिशत ५५ दशमलव १२ रहेको जानकारी दिइएको छ ।

अदालतले लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । 

सार्वजनिक विवरणअनुसार एक वर्षदेखि १८ महिनाभित्रका ३७४ मुद्दा, १८ महिनादेखि दुई वर्षभित्रका ७० मुद्दा तथा दुई वर्ष नाघेका चार मुद्दा अझै विचाराधीन रहेका छन् । 

त्यसैगरी, २०८१ साल पुस मसान्तसम्म दर्ता भई बाँकी रहेका मुद्दाको सङ्ख्या १२४ रहेको अदालतले जनाएको छ ।

कामु मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताए । 

उनले अदालतले पुराना मुद्दा फर्छ्यौटलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गर्दै न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गरे ।

अदालतले चालु आर्थिक वर्षका लागि चार हजार ५४६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेको जनाएको छ । रासस
 

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १२ : २९ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः निर्माण गरिँदै

काठमाडौं– गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी

तस्बिरमा हेर्नुहोस्, पोखराको सुकुम्वासी बस्ती

काठमाडौं– केही समय अघि काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न

कङ्गोमा इबोला प्रकोप : दर्जनौँको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

कङ्गो– डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८०

विजय र अञ्जनाको कीर्तिमानी जोडीले थाल्यो अर्को फिल्मको सुटिङ

काठमाडौं – ऐतिहासिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को जोडी नायक विजय

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी – निर्वाचन र राजनीतिक संक्रमणसम्बन्धी प्रमुख विवाद समाधान हुन