कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए « Khabarhub

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ । 

करिब चार दिनको अवधिमा कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो ।
 
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चायले अधिकांशले आफ्ना, झ्याल, ढोकाजस्ता सामग्री आफैँ लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घरटहरा हटाइएको बताए । 

उनले वास्तविक सुकुम्वासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने जानकारी दिँदै ‘होल्डिङ सेन्टर’मा बस्नेहरू पनि घट्दै गएको जानकारी दिए ।
 
बस्ती भत्काउने विषय रहरको विषय नभएको उल्लेख गर्दै नगरप्रमुख आचार्यले आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले पहिलो दिन झूल वितरण गरिएको र २५ केजी चामल, पाँच केजी दालसहित खाद्यान्नको करिब पाँच लाख बराबरको ‘प्याकेज’ बनाएर तयारी अवस्थामा थियो तर, वितरणमा थप कठिनाइ भएपछि त्यसलाई स्थगन गरेर सूचना प्रकाशन गरिएको बताए । 

हाल नगरपालिकालाई १०२ घरको विवरण प्राप्त भएको छ । 

उनले भने, ‘वास्तविक सुकुम्वासीलाई सम्भव भए कुनै जग्गाको व्यवस्थापन गरिनेछ, भएन भने कार्यविधि बनाएर उनीहरूलाई जीवन निर्वाह भत्ता प्रदान गरिने छ ।’

कोहलपुर नगरपालिकाले वडा नं ११ स्थित क्रिकेट मैदान आसपास रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएर बस्ती हटाएपछि प्रभावित परिवारलाई कोहलपुर नयाँ बसपार्क भवनमा अस्थायी रूपमा राखिएको छ ।
 
होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवारले आफूहरूसँग कुनै घरजग्गा नरहेको र अब भविष्य के हुने भन्ने चिन्ता बढेको बताएका छन् । 

‘कहिलेसम्म यसरी बस्नुपर्ने हो थाहा छैन,’ होल्डिङ सेन्टरमा बसेका प्रेम विकले भने । कोहलपुर नगरपालिकाले बसपार्क भवनका तीन तलामा परिवारको सङ्ख्याअनुसार समूहगत रूपमा राखेको छ ।

दैनिक ज्यालादारी श्रम गरेर जीविकोपार्जन गर्दै आएका अधिकांश परिवारको अन्नपात सकिन लागेको र खाद्यान्न सङ्कट देखिन थालेको प्रभावितहरूले बताएका छन् । 

नगरपालिकाले कम्तीमा रासनपानीको व्यवस्था गरिदिए राहत हुने उनीहरूको आग्रह छ । 

केही महिला सुकुम्वासीले महिला र पुरुष एकै हलमा सामूहिक रूपमा बस्नुपर्दा असहजता र गोपनीयताको समस्या भइरहेको बताएका छन् । त्यहाँ बसोबास गर्ने अधिकांश दलित र मधेसी समुदायका छन् । 

सो सेन्टरमा २७९ जना रहेका छन् । त्यसमा करिब ६० जना बालबालिका छन् । यसमध्ये पनि होल्डिङ सेन्टरमा बस्ने परिवार घट्दै गएको नगरपालिकाले जनाएको छ । 

यसैबीच, बाँकेका विभिन्न मानवअधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीहरूले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् ।

सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको टोलीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासीका विषयमा जानकारी लिएको छ । 

सो टोलीले कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, नगरपालिका ईश्वरीप्रसाद विक र भूमि समस्या समाधान आयोग बाँकेका पूर्वअध्यक्ष घननाथ खनालसँग भेटघाट गरी घटनासम्बन्धी जानकारी लिएको छ ।
 
बाँकेमा ५३ हजार ७०० भन्दा बढी परिवार सुकुम्वासी छन् । सुकुम्वासी आयोग विघटन भएसँगै पुर्जा वितरण, नापजाँच र राजस्व सङ्कलन लगायतका काम ठप्प हुँदा थप अन्योल देखिएको छ । रासस

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १२ : ३७ बजे

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना

मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र