वीरगञ्जको घण्टाघर क्षेत्रमा सरसफाइ « Khabarhub

वीरगञ्जको घण्टाघर क्षेत्रमा सरसफाइ


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत वीरगञ्ज महानगर र ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आज वीरगञ्जको घण्टाघर परिसरमा बृहत् सरसफाइ गरेको छ । सङ्घीय सरकारले सप्ताहव्यापी रूपमा राष्ट्रिय सरसफाइ सप्ताह सञ्चालन गर्न अनुरोध गरेअनुसार नै यहाँ पनि सरसफाइ गरिएको हो । 

ग्रिनिसिटी सामुदायिक  प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सरसफाइ सप्ताहअन्तर्गत दिनहुँजसो सरसफाइ गर्दै आइरहेको जानकारी दिए। 

‘हामीले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउनका लागि एक दिन मात्रै नभएर वर्षभरि नै सरसफाई र वृक्षरोपणको काम गर्दै आइरहेका छौँ,’ उनले भने, ‘सङ्घीय सरकारले राष्ट्रिय सरसफाइ सप्ताह मनाउन अनुरोध गरेपछि सरसफाइ नगर्ने त कुरै नै भएन ।’ 

वीरगञ्ज महानगरको फोहोरमैला व्यवस्थापन गर्दै आएको एनके इन्टरनेसनल इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वीरगञ्जमा दिनको तीन पटकभन्दा धेरै सयम फोहोरमैला संकलन गर्दै आइरहेको बताए। 

‘हामीले नियमित रूपमा तीन पटकभन्दा धेरै समय सरसफाइकर्मी खटाएर वीरगञ्जलाई सफा बनाउने काममा खटिरहेका छौँ,’ उनले भने, ‘विगतको एक दशकको तुलना वीरगञ्जको सरसफाइ निकै राम्रो भइरहेको छ ।’

वीरगञ्जको घण्टाघर सन् १९७९ फ्रेबुअरी ७ तारिखमा स्थापना भएको थियो । जापानको योनागो सहरका विद्यार्थीको एक दिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकको कथन छ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १ : २८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित