बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा « Khabarhub

बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक कलहमा रुमल्लिने भन्दापनि मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए ।

पार्टी इतिहास र बीपी कोइरालाको विरासतको स्मरण गर्दै सभापति थापाले कांग्रेसको नेतृत्व सम्हाल्नु गर्व र जिम्मेवारी दुवै भएको उल्लेख गरे । ‘बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु,’ उनले भने, ‘कांग्रेस पार्टीको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’

धेरै नेता-कार्यकर्ताले लामो संघर्ष र त्याग गरेर लोकतन्त्र स्थापना गरेको भन्दै उनले नागरिकको स्वतन्त्रता, आत्मसम्मान र जीवनस्तरमा परिवर्तन ल्याउनु नै कांग्रेसको मूल ध्येय हुनुपर्ने स्पष्ट पारे । पार्टीको जनाधार बलियो बनाउन समर्थक र शुभेच्छुकहरूसँग सिधा संवाद आवश्यक रहेको उनको भनाइ थियो ।

विगतको निर्वाचनमा कांग्रेसले करिब १० लाख मतदाता गुमाएको प्रसङ्ग निकाल्दै थापाले ती निराश भएका समर्थकहरूको विश्वास पुनः जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ३ : ४३ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन