यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ   « Khabarhub

विश्व सडक सुरक्षा सप्ताह  

यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ  


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ ।

विश्व सडक सुरक्षा सप्ताह–२०२६ कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आइतबार बिहान प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको हो । 

सडक सुरक्षा सप्ताहको समापन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सडक सुरक्षा भनेको केवल ट्राफिक नियम पालना गर्ने विषय मात्र नभएर मानव जीवन संरक्षणसँग प्रत्यक्ष सम्बन्धित विषय भएको बताए । 

उनले सडक सुरक्षामा मानवीय पक्षको ठुलो भूमिका हुने भन्दै नेपालमा सडक सञ्जाल बिस्तार हुँदै गएको र सवारीसाधनको संख्या तीव्र रुपमा बढी रहेको अवस्थामा सडक अनुशासन र सडक सुरक्षामा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए । 

वर्षायाममा सडकमा देखिने बाढी पहिरो जस्ता समस्यालाई समाधान गर्न राज्यले काम अगाडि बढाइरहेको उनले जानकारी दिए।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महसंघका अध्यक्ष सरोज सिटौलाले सडक दुर्घटनाको न्यूनीकरणको विषयलाई प्राथमिकतामा राखेर काम गर्नै बताए । 

उनले कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र नभएर सडकका कारणले पनि हुने भएकाले सडक निर्माण गर्दा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।  

त्यसतै प्रहरी अतिरिक्त महानिरीक्षक उमा कान्त चर्तूवेदीले प्रत्येक वर्ष २ हजार ८ सय देखि ३ हजार सम्म दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्याकं रहेको भन्दै यस विषयमा सबै सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा विशेषगरी हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, ओभरस्पिड नगर्ने, ट्राफिक सङ्केतको पालना गर्ने, पैदल यात्रुको सुरक्षामा ध्यान दिनुपर्नेलगायत विषयमा जोड दिइएको थियो । 

साँघुरा सडक, अव्यवस्थित पार्किङ, ट्राफिक नियम उल्लङ्घन तथा लापरबाहीका कारण सडक दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा विश्व सडक सुरक्षा सप्ताह कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ४ : १४ बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन