सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छ : सचिव सिग्देल « Khabarhub

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छ : सचिव सिग्देल


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा केबल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको विषय भएको बताएका छन् । 

विश्व सडक सुरक्षा सप्ताहका अवसरमा आज आयोजित कार्यक्रममा उनले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए ।
    
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक सुरक्षासम्बन्धी अभियानलाई समुदायस्तरसम्म विस्तार गरिने बताए। उनले ट्राफिक व्यवस्थापनमा नागरिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई जिम्मेवार र अनुशासित सडक प्रयोगकर्ता बन्न आग्रह गरे ।
    
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक भएको उल्लेख गर्दै नियम पालनामा कडाइ गर्नुपर्नेमा जोड दिए । 
    
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको पालना, सवारीसाधनको नियमित परीक्षण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने बानी तथा पैदलयात्रुको सचेत व्यवहारले दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने बताए ।
    
त्यस अवसरमा सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय रोटरीको सडक सुरक्षा कमिटीका अध्यक्ष नुगल वैद्य, निमा नेपालका कार्यकारी निर्देशक राजकुमार दुलाल, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीलगायतले सवारी दुर्घटनाका चुनौती, ट्राफिक अनुशासन तथा सुरक्षित यातायात प्रणाली निर्माणका विषयमा आआफ्ना धारणा राखेका थिए ।
    
कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, सवारी चालक–सहचालक, समाजसेवी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो । 

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ४ : १३ बजे

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका

कार दुर्घटनामा चालकको मृत्यु

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै