सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड « Khabarhub

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । 

धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी-२०८३’ अन्तर्गत आज दोस्रो दिनको कार्यक्रममा संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने भन्दै लगानी भित्र्याउन प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा थुप्रै पर्यटन, कृषि, सम्पदालगायत क्षेत्रको प्रवर्द्धन गरी आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि लगानीका लागि भने उपेक्षामा परेको बताए । 

‘एकदमै धेरै सम्भावना भएको क्षेत्र सुदूरपश्चिम हो’, उनले भने, ‘पर्यटन र जडीबुटीको क्षेत्रमा बढी सम्भावना छ । यहाँ सम्भावना देखेर हामीले चिसापानीमा अहिलेसम्मकै ठूलो केबुलकारसहितको आयोजना सञ्चालन गर्ने अन्तिम तयारी गरेका छौँ ।’

नेपाल उद्योग परिसङ्घ अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारको नीति र प्रतिफल हेरेर निजी क्षेत्रको लगानी आउने बताए ।

‘सुदूरपश्चिममा सम्भावना धेरै छ’, उनले भने, ‘सरकारीस्तरबाट लगानीकर्तालाई सुविधा दिन आवश्यक छ । सम्भावना देखाउन नसक्दा पनि लगानी भित्र्याउन समस्या भइरहेको हो ।’

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमका सदस्य नृपबहादुर सुनारले यो प्रदेश पर्यटन, कृषि, सम्पदा, प्राकृतिक स्रोत सबै हिसाबले सम्भावना भएको क्षेत्रका रूपमा रहेको बताउँदै सम्भावनालाई नीति तथा कार्यक्रम र बजेटमा समेट्न आवश्यक रहेकामा जोड दिए। 

सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजनामा धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ भइरहेको हो । आजको पहिलो सत्रमा, ‘प्रदेशसभा सदस्यसँग विशेष संवाद’ शीर्षकमा आयोजित छलफलमा सुदूरपश्चिमको विकास, दीर्घकालीन एजेण्डा तथा नीतिनिर्माणका विषयमा छलफल गरिएको छ ।

छलफलमा सहभागीले राजनीतिक नेतृत्व सही ढङ्गले नचल्दा सुदूरपश्चिम अपेक्षाकृत रूपमा विकास हुन नसकेको औँल्याएका थिए । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्ट, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक र नेपाली कांग्रेसका सांसद रक्षा महाराले सुदूरपश्चिमको विकास र समृद्धिका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको टिप्पणी गरे। 

यसअघि पहिलो दिन शनिबारको कार्यक्रममा सुदूरपश्चिम प्रदेशको विकासका लागि तीनै तहका सरकारबीच सहकार्यसँगै निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई सहभागी गराउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । 

प्रदेश सरकारका प्रमुख सचिव वैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजना निर्माणमा प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड दिए । प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन रानाले रामारोशन, खप्तड र बडिमालिकालाई पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिने बताए। 

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले गड्डाचौकी(अत्तरिया(चिसापानी सडक खण्डलाई चार लेनमा विस्तार गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी दिए । 

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ४ : १७ बजे

कङ्गोली विद्रोही नियन्त्रित क्षेत्रमा प्रकोप पुगेपछि इबोलाको जोखिम झन् बढ्यो

काठमाडौं- कोरोना भाइरसको महामारीको स्मरण ताजै रहेका बेला अफ्रिकामा इबोला

महिला क्रिकेट टोलीको बिदाई 

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका

कार दुर्घटनामा चालकको मृत्यु

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा