मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु « Khabarhub

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ । 

मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्‌घाटन गरे। त्यस अवसरमा उनले ग्रामीण पर्यटनको विकास र सिङ्गो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग नगरपालिकाले माग गरिरहेको बताए। 

वडा नं ५ का अध्यक्ष एवं मत्स्यनारायण मन्दिरका संरक्षक जयन्द्र खड्काले यहाँको ऐतिहासिक धार्मिक क्षेत्रको विकास र पर्यटनको विकासको अवसरलाई गुम्न नदिने गरी अगाडि बढिरहेको बताए।

पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले एकमहिने मेलालाई व्यवस्थापन सिङ्गो गाउँ लागेको बताए। मेला अवधिभर प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा-पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको उनको भनाइ छ । 
    
मन्दिर संरक्षकसमेत रहेका पुरीले भने, ‘यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।’
    
स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामलेसमेत चिनिने गरिन्छ । यहाँ ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत छ । मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने गरेको उनको भनाइ छ । 
    
ख्यो पुखमा एकमहिन मेला सुरु 

यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) आजदेखि एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सुरु भएको छ । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । 
    
यस क्षेत्रमा प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्क निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताए। 

यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ भने बालाचर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरी सद्बिज छर्न घुइँचो लाग्ने गरेको पुरी बताउँछन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ४ : २१ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा