अर्थसंक्षेप : स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो, बैंकहरूको निष्क्रिय कर्जा बढ्दै र विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको तयारी « Khabarhub

अर्थसंक्षेप : स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो, बैंकहरूको निष्क्रिय कर्जा बढ्दै र विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको तयारी


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।

कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म रू दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ ।

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

कार्बन व्यापारमा महालेखाको प्रश्न

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम

पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०८२-८३ को तेस्रो त्रैमासिक तथ्यांकले नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा ५.६० प्रतिशत पुगेको देखाएको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये कुल कर्जामा एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी ८.८५ प्रतिशत रहेको छ । एनआइसी एसियाले ऋण नोक्सानी वापत २२ अर्ब ३२ करोड ३ लाख ८० हजार रुपैयाँ ऋण नोक्सानी व्यवस्था गरेको छ ।

विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको तयारी

नबिल बैंकको एनबैंक एपमार्फत एसआइपी सेवा लिन सकिने

‘निजी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हुन्’

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ७ : १६ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या