राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल « Khabarhub

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् । 

तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आज यहाँ आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए। उनले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन नसकेको टिप्पणी गरे।

महासचिव पोखरेलले सूचना प्रविधि र शिक्षामा युवालाई जोड्न आफूहरूले मेहनत गर्ने बताए। उनले जनताका बीचमा प्रतिस्पर्धाबाट श्रेष्ठता र शान्तिपूर्ण सङ्घर्षबाट परिवर्तनको अनुभूति दिन सक्नुपर्ने उल्लेख गर्दै गत निर्वाचनको हारबाट पाठ सिकेर फेरि जनमुखी नीतिका साथ जनताका बीचमा जाने योजना रहेको बताए।
   
प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवाली, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजाल, सूचना प्रविधि विज्ञ ई रमेश पौडेललगायतले युवाभावलाई मनन् गरेर सरकार र राजनीतिक दलले काम गर्न सक्नुपर्नेमा जोड दिए। 

उनीहरूले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जबजका जगमा युवाहरूलाई सही राजनीतिको धारमा अग्रसर गराउन सक्नुपर्ने बताए। कार्यक्रममा प्रतिष्ठानको वार्षिक मुखपत्र विमोचन गरिएको थियो ।
 

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ७ : १९ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान