झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ « Khabarhub

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिटी सफारी चोरीमा संलग्न तीन जना, चोरीको सामान खरिद गर्ने सात जना, चोरी गरिएका सातवटा सिटी सफारी, २० वटा ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । करिब २१ लाख ५५ हजार रुपैयाँबराबरको सामान बरामद गरिएको उनले बताए ।

प्रहरीले मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी (रूपककुमार सरदार), बिर्तामोड–७ मियाँबारीका ३१ वर्षीय मोहम्मद सलिम, मेचीनगर–१० ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिषेक उराउलाई पक्राउ गरेको छ । त्यसैगरी, चोरी भएका सिटी सफारीका ब्याट्री खरिद तथा कारोबारमा संलग्न रहेको आरोपमा बिर्तामोड–५ का ४३ वर्षीय नसिम अकतर, भारत बिहार किसनगन्ज घर भई अर्जुनधारा–६ मा बस्दै आएका २० वर्षीय एमडी जिगर आलम, अर्जुनधारा–८ का ३२ वर्षीय सञ्जय चौधरीलाई पक्राउ गरेको छ ।

त्यस्तै, मेचीनगर–७ इँटाभट्टाका २० वर्षीय डिकेश राजवंशी, भारत पश्चिम बङ्गाल पानीटङ्की घर भई मेचीनगर–१४ चारआली बस्दै आएका ३२ वर्षीय पान बर्मु, भारत पश्चिम बङ्गाल बेलङ्गा थाना घर भई मेचीनगरस्थित चारआली बस्दै आएका ३३ वर्षीय मोहम्मद साबिर मुल्ला र भारत पश्चिम बङ्गाल बरमपुर थाना घर भई चारआलीमा बस्दै आएका ४७ वर्षीय आख्तरुल शेखलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर, बिर्तामोड र काँकरभिट्टालगायत क्षेत्रमा पार्किङ गरेर राखिएका सिटी सफारी चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त गिरोहलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

‘विभिन्न मिति र समयमा चोरी भएका सिटी सफारीहरूको खोजतलास तथा अनुसन्धान गर्दा सिसीटिभी फुटेजको सहायताले संलग्न व्यक्तिहरूको हुलिया पहिचान गरी नियन्त्रणमा लिन सफल भएका हौँ’, उनले भने ।

प्रहरीले मेचीनगर, अर्जुनधारा तथा चारआली क्षेत्रका विभिन्न कवाडी पसल र कोठाबाट चोरी गरिएका ब्याट्री बरामद गरेको छ । प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी फौजदारी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा जिल्ला अदालत झापाबाट आज पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ११ : ५५ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको