दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान « Khabarhub

दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्वत– व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध ढुवानी गर्नका लागि अनुदान दिन थालेको हो । 

दूध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै  उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिए । 

उत्पादित दूध ढुवानी गर्न कृषकलाई सहज होस् र दूध उत्पादनमा थप प्रोत्साहन मिलोस् भनेर अनुदान वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिए । 

 पशु विकास शाखाले सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका दूध सङ्कलन, ढुवानी तथा बिक्री–वितरण गर्ने सहकारी संस्था वा अन्य व्यावसायिक फार्मलाई अनुदान कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । 

अनुदान लिनका लागि सहकारी संस्थाले दर्ता, नवीकरण तथा कर चुक्ता प्रमाणपत्र, अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णयको प्रतिलिपि, दूध सङ्कलन गर्ने कृषकको नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, चालु आवमा दूध सङ्कलन गरेको आधिकारिकता दूध बिक्री गरेको प्रमाण, गत आर्थिक वर्षको अनुदान रकम कृषकलाई उपलब्ध गराएको विवरण, सहकारीको लेखा प्रतिवेदन तथा राजस्व तिरेको रसिदलगायतका कागजात पेस गर्नुपर्ने व्यवस्था छ ।  

विहादीमा सङ्कलन भएको दैनिक एक हजार लिटर दूध पालिकाको हुवास बजार र स्याङ्जाको वालिङमा बिक्री हुँदै आएको छ । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १ : ५७ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६