मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल  « Khabarhub

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल 


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै वेल घेराउ गरेका हुन् । 

मन्त्री कुमारीले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रतिप्रश्न गरेका थिए । 

प्रतिप्रश्नको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै उनले उठेर विरोध जनाएका थिए । 

सभामुख डोल प्रसाद अर्यालले प्रतिप्रश्नमाथि पुन प्रतिप्रश्न गर्न नमिल्ने बताए पनि साम्पाङले भने प्रश्न गर्न पाउनुपर्ने अडान कायमै राखेका थिए । 

साम्पाङले विरोध जारी राख्दा सभामुखले प्रक्रियालाई अघि बढाएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका हुन् । 

वेल घेराउ गर्दा सभामुख अर्यालले संसद्को विधि, नियमावली नमिच्न चेतावनी दिएका थिए । तर उनीहरुले वेल घेराउलाई जारी राखेका छन् ।  

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : १० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका