अदालतको आदेशपछि दीपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू) « Khabarhub

अदालतको आदेशपछि दीपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले बुधबार थुनछेक बहस सकिएपछि दुवै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा संकलित प्रमाण तथा अभियोजन पक्षका दाबीका आधारमा अदालतले अन्तिम फैसला नआउँदासम्म थुनामै राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउने आदेश दिएको जनाएको छ। अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ ।

तस्बिरः नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : १४ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा