पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा यातायात सेवा पुनः सुचारु भएको छ। राति खसेको पहिरो बिहानै हटाइएपछि दुवै सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका हुन्।

प्रहरीका अनुसार सडक डिभिजन र सुरक्षाकर्मीको समन्वयमा पहिरो पन्छाइएपछि यातायात सहज बनेको हो। यससँगै राजधानीलाई देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य सडकमार्गमा आवागमन सामान्य अवस्थामा फर्किएको छ।

यता, भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा क्षेत्रमा पनि पहिरो खसेको भए पनि त्यसले सवारी आवागमनमा कुनै अवरोध नपुर्‍याएको प्रहरीले जनाएको छ।

यद्यपि, वर्षाका कारण प्रभावित कान्ति लोकपथ भने अझै सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार हाल काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने अन्य सबै प्रमुख नाकामा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ। साथै, वर्षा जारी रहेकाले पहिरोको जोखिम भएका सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन चालकलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ७ : ४९ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले