प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार « Khabarhub

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ।

प्रदेश मातहतका अस्पतालहरूमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा थप गरिनुका साथै उपचार सुविधाको विस्तार गरिएको छ। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरका अनुसार प्रदेश सरकारले भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशूली अस्पताल, बकुलहर रत्ननगर अस्पताल तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा २२ वटा डायलासिस मेसिन थप गरी सेवा विस्तार गरेको छ।

प्रदेश सरकारले क्यान्सर रोगको उपचारमा थप ५० हजारसम्म सहुलियत उपलब्ध गराउने प्रतिबद्धताअनुसार प्रदेशभित्रका १८ अस्पतालसँग सम्झौता गरी उपचार सहुलियत प्रदान गरिरहेको उनले बताए। साथै, हृदयाघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रम पनि निरन्तर सञ्चालनमा रहेको छ।

भक्तपुर अस्पतालमा ‘स्ट्रोक म्यानेजमेन्ट’सहित स्नायुरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको छ ।

यसैबीच, सिन्धुपाल्चोकको चौतारा अस्पताल र मकवानपुरको हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य वार्ड स्थापना गरी अन्तरङ्ग सेवा सञ्चालनमा ल्याइएको छ भने भक्तपुर अस्पतालबाट ‘अल्जाइमर’सम्बन्धी सेवा पनि प्रदान गर्न थालिएको छ।

प्रदेशका १३ वटै जिल्लाका दुर्गम क्षेत्रमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान सञ्चालन गर्नुका साथै विशेषज्ञ स्वास्थ्य शिविरमार्फत विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमार्फत विशेषज्ञ आयुर्वेद सेवा पनि उपलब्ध गराइएको छ।

‘प्रदेशमा स्वास्थ्य उपचार सेवाको प्रभावकारिता अभिवृद्धिका लागि थुप्रै काम भएका छन्,’ मन्त्री थापा मगरले भने,’प्रदेश मातहतका अस्पतालमा विभिन्न विशिष्टीकृत सेवा विस्तार गरिनुका साथै समुदायस्तरमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा सरकार अघि बढिरहेको छ ।’

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १० : २९ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक