पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनापछि उद्धार टोलीले कठिन परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएका छन् ।

काजामार्का क्षेत्रअन्तर्गत राजधानी लिमाबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सान जुआन नगरपालिकाका संस्थागत सञ्चार प्रमुख रिकार्डो चिलोनका अनुसार दुर्घटनामा चालक र एक बालकसहित १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । दुर्घटनापछि प्रहरी, अग्निनियन्त्रक र उद्धारकर्मीहरू तत्काल घटनास्थलमा पुगेका थिए । दुर्घटनामा परेको भ्यानमा सान जुआन जिल्लाबाट सियुडाड डे डिओसतर्फ गइरहेका १९ जना यात्रु सवार थिए ।

अग्निशमन विभागका अधिकारी एडसन रोमनले दुर्घटनास्थलमा उद्धार कार्य अत्यन्त कठिन भइरहेको बताए। उनका अनुसार दुर्घटनाग्रस्त भ्यान खोलाभित्र अड्किएकाले अझै छ जनाको शव बाहिर निकाल्न बाँकी छ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । पेरुमा जीर्ण सडक, ट्राफिक नियमको कमजोर कार्यान्वयन तथा मानवीय त्रुटिका कारण यस्ता सडक दुर्घटना बारम्बार हुने गरेका छन् ।

आधिकारिक तथ्यांकअनुसार गत वर्ष मात्र पेरुमा सडक दुर्घटनाका कारण तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १० : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको