रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो « Khabarhub

रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८२-८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ । 

यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि रु २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको थियो ।

गत असार २४ गतेसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ ।

उक्त मन्त्रालयकाअनुसार हालसम्म दुई कम्पनीमार्फत तीन लाख २७ हजार ५७९ दशमलव ८० मेट्रिकटन युरिया, दुई लाख तीन हजार ४२६ दशमलव ३० मेट्रिकटन डीएपी तथा ३० हजार ४८७ दशमलव ७५ मेट्रिकटन पोटास गरी कुल पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरिएको छ ।

उक्त अवधिसम्म देशभरका गोदाममा ९२ हजार ५९२ दशमलव ३५ मेट्रिकटन रासायनिक मल मौज्दात थियो । त्यसमध्ये ४९ हजार १०४ दशमलव ३० मेट्रिकटन युरिया, २४ हजार १२ दशमलव ८५ मेट्रिकटन डिएपी र १९ हजार ४७५ दशमलव २० मेट्रिकटन पोटास मौज्दात थियो ।

अघिल्लो आर्थिक वर्षको मौज्दातसमेत समावेश गरी असार २४ गतेसम्म पाँच लाख १८ हजार २७८ दशमलव ५५ मेट्रिकटन रासायनिक मल बिक्री भएको छ । तीन लाख सात हजार १६ दशमलव ६० मेट्रिकटन युरिया, एक लाख ९२ हजार ९३१ दशमलव १५ मेट्रिकटन डिएपी र १८ हजार ३३० दशमलव ८० मेट्रिकटन पोटास बिक्री भएको उक्त मन्त्रालयले जनाएको छ ।

बाह्य मार्गमा २८८ दशमलव ७५ मेट्रिकटन रासायनिक मल ढुवानीको क्रममा  छ, जसमा ८६ दशमलव ०५ मेट्रिकटन युरिया र २०२ दशमलव ७० मेट्रिकटन डिएपी छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ११ : ४५ बजे

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार

शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली