साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो « Khabarhub

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो ।

हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन् । हिन्दू महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरूले पहेँलो वस्त्र लगाउने गर्छन् ।

काठमाडौँको इन्द्रचोकमा चुरापोतेको व्यापार गर्दै आएका अहमद मुसलमान पछिल्लो समय आफ्नो पसलमा चुरापोतेको व्यापार बढेको बताउँछन् । ‘अरु समयमा दैनिक आठ/१० हजारको व्यापार हुन्थ्यो, पछिल्लो दुई चार दिनमा दैनिक २० देखि २५ हजारको व्यापार हुने गरेको छ’, उनी भन्छन् ।

सोही क्षेत्रका अर्को व्यवसायी हसन अन्सारी चुरापोते किन्नका लागि आफ्नो पसलमा पनि मानिसको भीड लाग्ने गरेको बताउँछन् । ‘बिहेको याममा हाम्रो पसलमा ग्राहक बढी मात्रामा आउनुहुन्थ्यो, साउन सुरु हुनलाग्दा ग्राहक अन्य समयकोभन्दा बढी आउनुभएको छ’, अन्सारी भन्छन् ।

साउन सुरु हुनु अगाडि काठमाडौँको मुख्य बजार असन, इन्द्रचोक, बागबजारलगायत क्षेत्रमा ग्राहकको चहलपहल बढेको छ । विशेषगरी विवाहित महिलाले साउन महिनामा हरियो चुरा र पोते लगाउने धार्मिक तथा सांस्कृतिक परम्पराका कारण बजारमा यसको व्यापार बढेको हो । यस्तै, ब्युटीपार्लरदेखि सडकसम्म पनि मेहन्दी लगाउने महिलाको भीड देखिन्छ ।

राजधानीका विभिन्न बजारमा हरियो चुरा र पोतेका नयाँ डिजाइन तथा विभिन्न मूल्यका सामग्री बिक्रीवितरणमा राखिएका छन् । ग्राहकको रोजाइलाई ध्यानमा राखेर स्वदेशी तथा आयातित दुवै प्रकारका चुरा र पोते बिक्रीका लागि राखिएको छ ।

हरियो चुरा र पोते खरिदका लागि गोङ्गबुबाट इन्द्रचोक आएकी सरस्वती दवाडी साउन महिनामा हरियो चुरा र पोते लगाउँदा सांस्कृतिक परम्पराको संरक्षण हुने बताउछिन् । 

यस्तै, साउन महिनामा परिवार र साथीभाइसँग मिलेर मेहन्दी लगाउने, हरियो पहिरन लगाउने तथा धार्मिक गतिविधिमा सहभागी हुने गरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो चुरा, पोते र हातमा मेहेन्दी लगाएको किंवदन्तीका आधारमा महिला व्रत बस्दा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको बताउँछन् ।

‘साउन महिना हरियोसँग सम्बन्धित महिनासमेत हो, यो महिनामा वर्षा बढी हुने, बोटबिरुवामा पालुवा चढ्ने, प्रकृति सुहाउँदो संस्कृतिका लागि पनि महिलाले हरियो चुरा र पोते लगाउने गरेका छन्’, उनी भन्छन् । तीज नजिकिँदै जाँदा चुरापोतेको महत्त्व झन् बढ्दै गएको उनको भनाइ थियो ।

चुरापोते लगाउने संस्कृति भारतबाट आयतित संस्कृति भएको आचार्य पन्थी बताउँछन् । भारतमा बढीमात्रामा हरियो चुरा र पहेँलो पोते लगाउने गरेको उनको भनाइ छ ।
 

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १२ : ५६ बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर,

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार