नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग « Khabarhub

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ संशोधनका लागि माग गरेको छ । 

इक्यानसहित सम्बद्ध संस्थाहरूले सरोकारवाला पक्षसँग छलफल नगरी नियमावली ल्याइएको भनी आपत्ति जनाउँदै परामर्श व्यवसायका लागि रु २५ लाख धरौटीलगायत ‘अव्यवहारिक व्यवस्था’ हटाउन माग गरेका हुन् । 

यसै सन्दर्भमा गठित संयुक्त सङ्घर्ष समितिले नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी सो नियमावली संशोधनका पक्षमा दबाबमूलक कार्यक्रम गरेको छ । 

संयुक्त सङ्घर्ष समितिका अध्यक्ष दीपक गुरूङले नयाँ नियमावलीका कारण देशभरका एक हजारभन्दा बढी व्यवसायी प्रभावित हुने जानकारी दिँदै प्रत्यक्ष रुपमा सरोकार राख्ने पक्षसँग छलफल गरी नियमावली जारी गरेकामा आपत्ति व्यक्त गए । 

आवश्यक छलफलसहित सम्बद्ध व्यवसायीका पक्षमा नियमावली ल्याउन  माग गर्दै आज काठमाडौँमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध कार्यक्रम गरेको उनले जानकारी दिए ।  रासस

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ४ : २८ बजे

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा