बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प « Khabarhub

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ भने सञ्चालनमा रहेका दुई आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ। सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी रोकिएपछि धवलागिरि, अन्नपूर्ण र मालिका गाउँपालिकाका आयोजनाहरू प्रभावित भएका हुन्।

म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाटको अपर म्याग्दी–१, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला, ९.१४ मेगावाटको सुपर घलेम्दी र ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजनाको निर्माण सुस्त बनेको छ।

अपर म्याग्दी–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार घुमाउने (फापरखेत), बाङ्गेपहिरो र इल्पुमा खसेको पहिरो तथा शिवरात्रि खोलामा आएको बाढीका कारण असारदेखि निर्माण सामग्री र उपकरण ढुवानी हुन सकेको छैन। “मौजुदा सामग्री प्रयोग गरेर काम जारी राखे पनि ढुवानी रोकिँदा सोचेअनुसार गति लिन सकिएको छैन,” केसीले भने।

म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले पनि पहिरो पन्छाउँदै र डोजरको सहायताले गाडी तार्दै काम चलाउनुपरेको बताए। यस्तै बेनी–दरबाङ र दरबाङ–ताकम सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा निर्माण सामग्री ढुवानीमा ठूलो समस्या परेको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले जानकारी दिए।

निर्माण मात्र नभई सञ्चालनमा आइसकेका दुई आयोजना पनि बाढीपहिरोका कारण बन्द छन्। अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङको रेलेखर्कबाट आएको बाढीले बाँध पुरिएपछि असार दोस्रो सातादेखि ६ मेगावाटको रेलेखोला आयोजना बन्द छ। यस्तै साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिँदा १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ। उक्त पहिरोमा परेर १ जनाको मृत्यु र १ जना घाइते भएका थिए।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ६ : ५० बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका