नक्सापास बिना निर्माण गरिएका संरचना सम्पन्नको प्रमाणपत्रमा रोक « Khabarhub

नक्सापास बिना निर्माण गरिएका संरचना सम्पन्नको प्रमाणपत्रमा रोक


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको अभिलेखीकरण तथा नक्सापास गर्ने प्रक्रिया र स्वीकृत मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कार्य रोक लगाएको छ ।

सहरी विकास मन्त्रालय (भवन निर्माण व्यवस्था सुदृढीकरण समिति) तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा निर्णयअनुसार नगरपालिकाले उक्त प्रक्रिया रोकेको हो । नगरपालिकाले आफ्ना १६ वटै वडा कार्यालयलाई परिपत्र गर्दै यससम्बन्धी सूचना नागरिकसम्म पु¥याउन निर्देशन दिएको नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार अब पुराना नक्सापास नभई निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाको अभिलेखीकरण गरी नक्सापास गर्ने कार्य गरिने छैन । त्यस्तै, नगरपालिकाबाट नक्सापास स्वीकृति लिएर स्वीकृत नक्साभन्दा फरक ढङ्गले संरचना निर्माण गर्ने, थप संरचना बनाउने वा आफूखुसी संरचना अदलबदल गर्ने र पछि त्यसलाई अभिलेखीकरण गरी वैधानिकता दिने प्रक्रिया पनि बन्द गरिएको छ ।

उनले भवन निर्माणसम्बन्धी कानुनी मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने र पछि त्यसलाई अभिलेखीकरणमार्फत कानुनी दायरामा ल्याउने प्रवृत्ति अन्त्य गर्न नगरपालिकाले प्रक्रिया कडाइ गरेको बताए । स्वीकृत नक्सा र मापदण्डअनुसार निर्माण गर्नुपर्नेमा त्यसविपरीत निर्माण गरिएका संरचनालाई पछि प्रक्रिया मिलाएर वैधानिकता दिने व्यवस्था अब नरहेको उनको भनाइ छ ।

त्यसैगरी, राजमार्गको केन्द्रविन्दुबाट तोकिएको सडक सीमा कायम नगरी निर्माण गरिएका संरचनालाई निर्माण सम्पन्न प्रमाणपत्र जारी नगरिने नगरपालिकाले जनाएको छ । राजमार्गको सडक सीमा सम्बन्धमा प्रचलित कानुन तथा नेपाल सरकारबाट तोकिएको मापदण्डअनुसार संरचना निर्माण गर्नुपर्ने इन्जिनियर ढुङ्गानाले बताए ।

नगरपालिकाका अनुसार रत्ननगरमा हाल नक्सापास नभएका तथा पुराना संरचनाको सङ्ख्या पाँचदेखि सात सयको हाराहारीमा रहेको अनुमान छ । नगरपालिकाभित्र करिब २२ हजार घरधुरी तथा भवन रहेको जनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ९ : ५३ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष