सिद्धार्थ क्यापिटलका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ लाई ८ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ लाई १० प्रतिफल « Khabarhub

सिद्धार्थ क्यापिटलका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ लाई ८ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ लाई १० प्रतिफल


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई बन्दमुखी योजनाहरूको आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिफल (नगद लाभांश) घोषणा गरेको छ ।

कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको २०३औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न भए पश्चात् लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषणा गरिएका तथ्यांक अनुसार, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाई धनीहरूलाई ८ प्रतिशत (कर सहित) का दरले कुल नौ करोड साठी लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरूले १० प्रतिशत (कर सहित) का दरले कुल आठ करोड पाँच लाख असी हजार रुपैयाँ प्रतिफल प्राप्त गर्नेछन् ।

क्यापिटलले सोही बैठक मार्फत सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतकै अन्य दुई योजनाहरू सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड २ का इकाई धनीहरूलाई भने यस वर्ष लाभांश वितरण नगर्ने जानकारी दिएको छ ।

लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज हुने मिति भने पछि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : ४६ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि