वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति « Khabarhub

वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२६ जुलाई १७ देखि अगस्ट १६ (साउन महिना) सम्मको अवधिमा ७० हजार ४ सय ४१ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति पाएका छन् । 

विभागको तथ्याङ्क अनुसार यस अवधिमा श्रम स्वीकृति लिनेमा पुरुषको संख्या ६० हजार ४ सय ७२ र महिलाको संख्या ९ हजार ९ सय ६९ रहेको छ ।

कुल स्वीकृत संख्यामध्ये नयाँ श्रम स्वीकृति लिने (पुनः श्रम स्वीकृति बाहेक) नेपालीको संख्या ४२ हजार ६ सय ९३ रहेको छ, जसमा ३६ हजार ३ सय ३९ पुरुष र ६ हजार ३ सय ५४ महिला छन् । त्यसैगरी, २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

नेपाली कामदारका लागि प्रमुख गन्तव्य मुलुकका रूपमा युनाइटेड अरब इमिरेट्स देखिएको छ । साउन महिनामा मात्रै युएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति पाएका छन्। दोस्रो प्रमुख गन्तव्यका रूपमा मलेसिया रहेको छ, जहाँ १२ हजार ४ सय ९८ जना जान लागेका छन्।

अन्य देशहरूमध्ये कतारमा १० हजार ३६०, साउदी अरबमा ८ हजार ६१३, कुवेतमा ४ हजार ५६७, रोमानियामा २ हजार ९०८ र जापानका लागि १ हजार २४४ जनाले श्रम स्वीकृति लिएका छन् । यसका साथै पोर्चुगल, टर्की, साइप्रस र माल्दिभ्स लगायतका देशहरूमा पनि नेपालीहरू रोजगारीका लागि जान लागेको तथ्याङ्कले देखाउँछ।

विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेहरूमध्ये अधिकांश दक्ष श्रेणीका रहेका छन् । कुल ७० हजार ४ सय ४१ मध्ये ४० हजार ४ सय ९६ जना दक्ष कामदारका रूपमा श्रम स्वीकृति लिनेहरू छन् । 

साथै, सो अवधिमा अदक्ष १७ हजार ९९९ जना, अर्ध(दक्ष ११ हजार ४६५ जना, व्यावसायिक ३७८ जना र उच्च दक्ष १०३ जनाले श्रम स्वीकृति लिएको विवरणमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जानेहरूको जिल्लागत तथ्याङ्क हेर्दा मधेश प्रदेश र कोशी प्रदेशका जिल्लाहरूबाट धेरै मानिस बाहिरिएको देखिन्छ । सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । 

सो अवधिमा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी मार्फत २९ हजार ४ सय ४७ जनाले अनुमति पाएका छन् । व्यक्तिगत रूपमा नयाँ जानेको संख्या १२ हजार ४ सय ४२ छ भने सरकारी स्तरको सम्झौता मार्फत ७ सय १२ जनाले रोजगारीको अवसर पाएका छन् । साथै, वैधानिकीकरण मार्फत ९२ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ४ : ०२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५