सरकार-मिटरब्याज पीडित सहमतिविरुद्ध साहु-महाजन आन्दोलित « Khabarhub

सरकार-मिटरब्याज पीडित सहमतिविरुद्ध साहु-महाजन आन्दोलित


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै साहु–महाजनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।  

साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् । 

उनीहरुले उक्त सम्झौतामा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनिएकोप्रति असन्तुष्टि जनाएका छन् । 

राजीनामाबाट भएको वैधानिक खरिद–बिक्रीलाई सरकारले कुन कानुनी आधारमा तोड्न सक्छ भन्दै उनीहरुले यसका लागि छुट्टै कानुन चाहिने धारणा राखेका छन् । 

सबै कारोबारलाई अवैध करार गर्दा विशेषगरी मधेश प्रदेशका गाउँघरमा समाज नचल्ने, सामाजिक विकृति बढ्ने र भविष्यमा द्वन्द्व सिर्जना हुने मधेशबाट आएका बिनय यादवले बताए । 

उनले चेक बाउन्सको कारोबार देशभर भए पनि कपाली तमसुकमा आधारित लेनदेन मधेशमा धेरै हुने भएकाले यसलाई व्यावहारिक रूपमा हेरिनुपर्ने बताए । 

सरकारले एकतर्फी निर्णय नगरी साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर कुरा सुन्नुपर्ने र सम्झौता सच्याउनुपर्ने उनीहरुको माग छ । सरकारले आफूहरूलाई वार्तामा नबोलाएसम्म काठमाडौं केन्द्रीत आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ६ : २९ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि