राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए « Khabarhub

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशवकुमार झासहित नौ जना नेताले पार्टी परित्याग गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा महासचिव झासहित केन्द्रीय तहका नेताहरू रहेका छन् । उनीहरूले पुरानो राजनीतिक शैली र पुरानै नेतृत्वबाट मुलुकको राजनीति अघि बढ्न नसक्ने निष्कर्षसहित पार्टी छाडेको बताएका छन् ।

राजेन्द्र महतोले निर्वाचनअघि राष्ट्रिय मुक्ति पार्टी नेपाल घोषणा गरेका थिए । विभिन्न पार्टी परित्याग गरेका नेताहरू तथा पहिचानवादी धारका नेताहरूलाई समेटेर महतोले पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ३० बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको