माथिल्लो त्रिशूली-१ को सुरुङमा भेटियो ६ जनाको शव « Khabarhub

माथिल्लो त्रिशूली-१ को सुरुङमा भेटियो ६ जनाको शव


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

रसुवा- माथिल्लो त्रिशुली जलविद्युत आयोजना–१ बाट ६ जनाको शव शुक्रबार निकालिएको छ ।

गत भदौ १० गते रसुवास्थित भोटेकोशी हुँदै आएको भीषण बाढीमा आयोजनाभित्रको सुरुङमास पसेपछि थुनिएर ज्यान गुमाएकामध्ये ६ जनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ । 

नेपाली सेना र आयोजनाका प्राविधिकसहितको संयुक्त टोलीले खोजीका क्रममा सुरुङभित्र ढलान गर्न बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन् ।

ग्रिण्डर, ग्यास कटर र रोटरी रेस्क्युको सहयोगमा ती शव बाहिर निकालिएको सेनाले उल्लेख गरेको छ । टनेलभित्र हिलोमा छोपिएको अवस्थामा थप अरू पनि शवजस्तो आकृति देखिएकाले खोजी जारी रहेको सेनाले बताएको छ।

बाढीको २२ औँ दिनमा उद्धारकर्मीले बुधबार चिलिमे जलविद्युत आयोजनाबाट पाँच जनाको शव र एउटा खुट्टा बाहिर निकालेका थिए।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : ०२ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र