नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो : अध्यक्ष दाहाल  « Khabarhub

नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो : अध्यक्ष दाहाल 


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा चिनियाँ यात्री तथा भिक्षु ह्वेन साङद्वारा लिखित पुस्तक ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करणको लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध कूटनीतिक स्थापना हुनुभन्दा हजारौँ वर्ष पुरानो सांस्कृतिक, सामाजिक तथा व्यापारिक सम्पर्कमा आधारित रहेको उल्लेख गरे । 

सन् १९४९ मा जनवादी क्रान्तिपछि सन् १९५५ मा दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उनले बताए । उनले चिनिया राष्ट्रपति सी चिनफिङले अघि सारेको बीआरआई अवधारणाले ग्लोबल साउथलाई जोड्ने प्रयास गरेको उल्लेख गरे । 

उनले लोकार्पण गरिएको पुस्तकले नेपाली पाठक र युवा पुस्तालाई नेपाल–चीन सम्बन्ध, ताङ वंशको इतिहास र बौद्ध धर्म बुझ्न मद्दत पुर्‍याउने तथा दुई देशबीचको जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।    

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : ३५ बजे

विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार (तस्बिरहरू)

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका

उत्तरी सागरमा कार्बनडाइअक्साइड भण्डारण सुरु

कोपेनहेगन– डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड (सीओ₂) भण्डारण गर्ने

देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा

काठमाडौं– अन्तिम समयमा शेरबहादुर देउवाको साथ छोडेर सभापति गगन थापा

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत