धनराज गुरुङ गगनतिर, भने– ‘कांग्रेस एक बनाउन सबै एक ठाउँमा आउनुपर्छ’ « Khabarhub

धनराज गुरुङ गगनतिर, भने– ‘कांग्रेस एक बनाउन सबै एक ठाउँमा आउनुपर्छ’


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेखर कोइराला समूहका नेता मानिएका धनराज गुरुङ नेपाली कांग्रेसको मूलधारमा फर्किँदै गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुने भएका छन् ।

शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वमा भएको महाधिवेशन तथा गगन थापाले गर्न लागेको महाधिवेशनमा सहभागी नहुने बताइरहेका बेला गुरुङले भने थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुने निर्णय गरेका हुन् ।

आफू गगन थापासँग नजिकिनुको कारणबारे गुरुङले पार्टीलाई एकताबद्ध बनाउन सबै नेताहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

‘को कता भन्दा पनि कांग्रेस विभाजन भयो भने लोकतन्त्र, गणतन्त्र र राज्यसत्ता नै संकटमा पर्छ। त्यसकारण पनि कांग्रेस सबैले मिलाएर जानुपर्छ,’ गुरुङले भने ।

उनले कांग्रेस विभाजनको पक्षमा आफू हिजो पनि नरहेको र आज पनि नरहेको बताए । अन्य नेताहरू पनि क्रमशः मूल कांग्रेसमा जोडिँदै गएको उनको दाबी छ ।

‘अरू साथीहरू पनि बिस्तारै जोडिँदै हुनुहुन्छ। म कांग्रेस विभाजनको पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन,’ गुरुङले भने ।

गुरुङसँगै विजयकुमार गच्छेदार पनि गगन थापा नेतृत्वको कांग्रेसतिर आउने तयारीमा रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : ३४ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको