वडा अधिवेशन रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकताको प्रयास हुन्छ : मीन विश्वकर्मा « Khabarhub

वडा अधिवेशन रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकताको प्रयास हुन्छ : मीन विश्वकर्मा


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शुक्रबारदेखि सुरु हुने वडा अधिवेशन नरोकिने बताएका छन्। उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै शेरबहादुर देउवा पक्षलाई समेत समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका हुन्।

लामो समय शेरबहादुर देउवाको साथमा रहेका विश्वकर्मा बिहीबार गगन थापा नेतृत्वको कांग्रेसमा आएका थिए। त्यसपछि उनले पार्टी एकताका लागि निरन्तर पहल भइरहेको बताएका हुन्।

खबरहबसँग कुरा गर्दै विश्वकर्माले वडा अधिवेशन भने निर्धारित समयमै अघि बढ्ने बताए। उनले क्षेत्रीय अधिवेशनसम्ममा पार्टीभित्रको विवाद समाधान हुने गरी छलफल भइरहेको जानकारी दिए।

‘भोलिबाट सुरु हुने वडाको अधिवेशन रोकिँदैन। ७/८ गतेसम्ममा केही कुरा मिल्छ भन्ने तहमा छलफल जारी छ। गगनजी पनि पार्टी एकताका निम्ति तयार हुनुहुन्छ, शेरबहादुर दाइ पनि तयार हुनुहुन्छ। तर, बीचमा केही शक्तिहरूमा समस्या देखिएको हो। त्यो टुंगिएर जान्छ,’ विश्वकर्माले भने।

उनले आफूहरू देउवाको साथ छाडेर गगन थापा नेतृत्वको कांग्रेसमा आउनुको उद्देश्य नै पार्टीलाई एकताबद्ध बनाउनु रहेको दाबी गरे।

‘हामीहरू पार्टी मिलाउनका लागि नै देउवा दाइको साथ छोडेर आएका हौँ। उहाँलाई गलत ठानेर हिँडेका होइनौँ। किनकि अब उहाँ नेतृत्वमा आउने विषय छैन। उनलाई सम्मानपूर्वक पार्टीमा राख्ने विषय मात्र हो,’ उनले भने।

विश्वकर्माका अनुसार कांग्रेसभित्र एकताको वातावरण बनाउन दुवै पक्षबीच निरन्तर संवाद भइरहेको छ। उनले बीचमा देखिएका केही असमझदारी समाधान भएपछि पार्टी एकताको प्रक्रिया अघि बढ्ने बताए।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : ३९ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको