योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे « Khabarhub

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताएका छन् । 

रिपोटर्स क्लवले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले एमाले यथास्थितिमा रहन नसक्ने भन्दै नीति, संगठनात्मक ढाँचा, कार्यशैली, बोली–वचनको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताए ।

उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्षले हस्तक्षेप गरेको आरोप लगाए ।

उनले कार्यदलको समझदारीअनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराए पनि अध्यक्षको असहमतिपछि छलफल अघि बढ्न नसकेको र त्यसको काउन्टरमा उपाध्यक्ष राम बहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाइएको दाबी गरे । 

देशभरका सदस्यहरू, प्रदेश कमिटी, जनसंगठन र वरिष्ठ नेताहरूबाट संकलित सुझावहरूमा साझा रूपमा ‘पार्टी पुनर्गठित हुनुपर्छ’ भन्ने आवाज उठेको उनको भनाइ छ ।  

साथै उनले वर्तमान सरकार गठन भएको करिब ६ महिना पुग्न लागेको सन्दर्भमा सरकारको समग्र गति र मति सही ट्रयाकमा नरहेको टिप्पणी गरे । सरकारले सहजकर्ताको भूमिका खेल्नुको सट्टा त्रास, भय र आतंक सिर्जना गरेर शासन गर्न खोजेको उनले आरोप लगाए।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ३ : ३५ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको