बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै « Khabarhub

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, भारत, चीन र अमेरिकासहित १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

राणा वि.सं. २०६९ देखि २०७२ सम्म नेपाली सेनाका प्रधानसेनापति थिए। प्रधानसेनापतिको कार्यकालमा उनले माओवादी लडाकुको नेपाली सेनामा समायोजन तथा २०७२ सालको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत अभियानको नेतृत्व गरेका थिए।

त्यसपछि उनी २०७२ सालमा नेपाली सेनाबाट अवकाश भएका थिए। सन् १९५५ मा काठमाडौंमा जन्मिएका राणाले भारतको द लरेन्स स्कुल, सनावरमा अध्ययन गरेका थिए।

उनले बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट आधारभूत सैन्य तालिम लिएर नेपाली सेनामा प्रवेश गरेका थिए।

सेनामा ४२ वर्ष सेवा गरेका राणाले पुरानो गोरख गणको नेतृत्वसमेत गरेका थिए। उनले सन् १९९४ मा लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पनि सेवा गरेका थिए।

राणा अमेरिकाको फोर्ट लेभेनवर्थस्थित कमान्ड एन्ड जनरल स्टाफ कलेज तथा पाकिस्तानको इस्लामाबादस्थित नेसनल डिफेन्स कलेजका पूर्वविद्यार्थी हुन्।

राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : २७ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६