फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड « Khabarhub

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन् । उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गरे ।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गरेका थिए । भ्रमणका क्रममा करिब एक हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

अमेरिका र फिलिपिन्सबीच दक्षिण चीन सागरको क्षेत्रीय परिस्थिति तथा ताइवान आसपासको अवस्थालगायत विषयमा आपसी समझदारी र सहकार्य हुँदै आएको छ । 

राष्ट्रपति मार्कोसको कार्यकालमा अमेरिकी सेनाको पहुँच र संयुक्त सैन्य अभ्यास विस्तार भएको छ । गत अप्रिलमा १७ हजारभन्दा बढी सैनिक सहभागी १९ दिने संयुक्त अभ्यास गरिएको थियो ।

ट्रम्प बुधबार एपेक बैठकमा सहभागी हुन चीन जाने कार्यक्रम थियो । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : २५ बजे

नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुँदै, विश्वका १०० चलचित्रकर्मी काठमाडौंमा जुट्ने

काठमाडौं– नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र नेपाललाई विदेशी चलचित्र

कैदमुक्त टोपबहादुर रायमाझी राष्ट्रिय भेलामा सहभागी

काठमाडौं– ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त भएका नेकपा एमालेका नेता

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

मनिला– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग

अमिताभ बच्चन र छोरा अभिषेकलाई ज्यान मार्ने धम्की, बुलेटप्रुफ सुरक्षामाथि नै चुनौती

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक