काठमाडौँ – विष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले शतक बनाएका छन् ।
५३ बलको सामना गर्दा चार चौका र आठ छक्काको मद्दतमा उनले शतक पूरा गरेका हुन् । यो नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको दोस्रो शतक हो ।
यसअघि पोखराका युवराज साम्राले शतक बनाएका छन् । पोखराकै कुशल भुर्तेल भने ९९ रन बनाएर आउट हुँदा शतक बनाउन चुके ।














प्रतिक्रिया