विभागद्वारा दुई महिनामै ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही, २२ लाखभन्दा बढी जरिवाना « Khabarhub

विभागद्वारा दुई महिनामै ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही, २२ लाखभन्दा बढी जरिवाना


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक बेथिति नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाएको छ । 

विभागले पछिल्लो दुई महिना (असोज र कात्तिक) मा मात्रै ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरी कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरेको छ ।

विभागका महानिर्देशक रितेशकुमार शाक्यले जिम्मेवारी सम्हालेयता बजार अनुगमनलाई नियमित र परिणाममुखी बनाउने प्रयासस्वरूप टोली परिचालन बढाइएको हो । यस अवधिमा कारबाहीमा परेका फर्महरूबाट रु २२ लाख ८२ हजार जरिवाना असुल गरी राजस्वमा दाखिला गरिएको विभागले जनाएको छ ।

बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न विभागले दैनिक पाँचदेखि १० वटासम्म अनुगमन टोली परिचालन गर्दै आएको महानिर्देशक शाक्यले प्रशासनपोस्टलाई बताए । उनका अनुसार बजारमा देखिने विकृति, कृत्रिम मूल्यवृद्धि, व्यापारिक अनियमितता र उपभोक्ता ठगी नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइएको छ ।

‘“’बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण तयार गर्नु हाम्रो प्राथमिकता हो । त्यसैले नियमित रूपमा अनुगमन टोली परिचालन गरिरहेका छौँ’, महानिर्देशक शाक्यले भने ।

खाद्यान्नदेखि ग्यास र होटलसम्म निगरानी

विभागले अनुगमनलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा मात्र सीमित नराखी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न व्यापारिक क्षेत्रसम्म विस्तार गरेको छ ।

खाद्यान्न तथा किराना पसल, होटल तथा रेष्टुरेन्ट, चमेनागृह, ग्यास स्टोर, रेडिमेड तथा थान कपडा पसल, कस्मेटिक, अटो पाट्र्स, तरकारी तथा फलफूल पसललगायत क्षेत्रमा विभागले निगरानी बढाएको छ ।

विशेषगरी दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, बिक्रीवितरणको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड तथा उपभोक्ताको अधिकारविपरीत हुने गतिविधिलाई अनुगमनको प्राथमिकतामा राखिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा कैफियत देखिएका ७६ वटा फर्मलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ । यसले बजार अनुगमनका क्रममा तत्काल कारबाहीमा परेका व्यवसायीसँगै थप छानबिन र नियामकीय निगरानीको दायरामा रहेका फर्मको संख्या पनि उल्लेख्य रहेको देखाउँछ ।

अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी

बजारमा हुने अनियमितता नियन्त्रण गर्न सरकारी निकायको अनुगमन मात्र पर्याप्त नहुने भन्दै विभागले उपभोक्ता तथा सर्वसाधारणको सहयोगसमेत अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ६ : ५८ बजे

विभागद्वारा दुई महिनामै ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही, २२ लाखभन्दा बढी जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तामाथि हुने ठगी,

एनपीएल इलिमिनेटर : चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटर खेलमा

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै

चितवनका कामिलले काठमाण्डुविरुद्ध हिर्काए शतक : बनाए एनपीएलको सर्वाधिक १२० रन

काठमाडौँ – विष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले